यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ ।

शनिबार विहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो । पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

२६ जना यात्रु सवार बसमा ६ जना चिनियाँ पर्यटक घाइते भएको उनले जानकारी दिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन् ।

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, डिएसपी खाँणले भने ।

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १२ : २३ बजे