साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एसईईको तयारी पूरा, ५ लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईई लिँदै छ ।

यस वर्षको एसईईका लागि देशभरबाट पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा पठाइसकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ ।

यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : १८ बजे