जनकपुरधाम । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई गृहजिल्ला जनकपुरमा भव्य स्वागत भएको छ ।
नेकपा एमालेका सचिवसमेत रहनुभएका महासेठलाई जनकपुरधाम विमानस्थलमा एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।
महासेठ प्रभावशाली मन्त्री बनेकोभन्दै उनीहरुले दही र माछाको भार (पाहुर)सहित टीका लगाएर स्वागत गरिएको हो ।
एमालेका एक नेताका अनुसार कसैको नजर नलागोस् भनेर माछा र दहीको टीका उपप्रधानमन्त्री महासेठलाई लगाइएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार ५ : १५ बजे
प्रतिक्रिया