सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय योजना आयोगका सदस्यमा चारजना नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा सरकारले चार जनालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 

सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ०४ बजे