‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दुई टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा

​​​​​​​काठमाडौं ।  नेपाल क्रिकेट संघले दुई टी-२० क्रिकेट सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । 

क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने खेलका लागि टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड तथा भारतको प्रादेशिक टिम गुजरात र बरोडासँगको खेलका लागि टोली घोषणा गरेको हो ।

नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा र आकाश चन्द समेटिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ५१ बजे