काठमाडौं । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।
नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो।
गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो। मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।
प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १२ : ०९ बजे
प्रतिक्रिया