‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

म्याद थपका लागि महरालाई पुर्‍याइयो सरकारी वकिलको कार्यालय

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महरालाई सोमबार रुपन्देहीबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई प्रहरीले आजै विमानमार्फत् काठमाडौं ल्याएको थियो। उनलाई केही समय महराजगन्जस्थित सिआईबी कार्यालयमा उपस्थित गराइएको थियो। त्यसपछि म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। जसमा माओवादी उपाध्यक्ष महरासहित उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायतलाई कारबाही गर्न सिफारिस गरिएको थियो। 

  

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : २४ बजे