साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरिएको हो ।

खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक बरामद गरेको छ ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ जारी छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १० बजे