सुनको मूल्यमा नयाँ कीर्तिमान

चौंथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथको तयारी

काठमाडौं ।आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद  राजीव गुरुङ (दीपक मनाङे) चौथो पटक मन्त्री बन्ने भएका छन् । उनी काँग्रेस नेतृत्वको गण्डकी सरकारमा मन्त्री बन्न लागेका  हुन्  ।

मनाङेलाई  भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने तयारी गरिएको छ । यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थप गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको छ ।

मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ४८ बजे