‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महरालाई सीआईबी कार्यालय पुर्‍याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयमा पुर्याइएको छ ।

भैरहवाबाट नियन्त्रण गरेर यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याईएको महरालाई सीआईबी कार्यालय लगिएको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले ६० किलो सुन तस्करीमा महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरु तथा गृह सचिव र प्रहरी उच्च अधिकृतलाई पक्राउ गरि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ५२ बजे