‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन निर्वाचित

मस्को । पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपतिमा  भ्लादिमिर पुटिन निर्वाचित हुनुभएको छ । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल हुनुभएको हो ।

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले हिजो आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनुहुनेछ ।  त्यतिबेला उहाँ ७७ वर्षका हुनुहुनेछ ।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुनुहुनेछ । उहाँ विगत ३ दशकदेखि शक्तिमा रहनुभएको छ ।  यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ४१ बजे