सुनको मूल्यमा नयाँ कीर्तिमान

राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा तीन नेतालाई चार वर्षका लागि निलम्बन गर्नुभएकाे हाे ।

निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : १३ बजे