सुनको मूल्यमा नयाँ कीर्तिमान

भोजपुरमा आगलागी भई मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका ३ जना बालबालिकाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो ।

गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् । भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घरगोठ जलेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ३८ बजे