साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रौतहटमा गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ जना पक्राउ

काठमाडौं । रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो ।

कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।

लुटपाटमा संलग्न भएको आशंकामा ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।

रौतहटका एसपी महेन्द्र श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । लुटिएको रकमको परिमाण भने खुलेको छैन । एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।

वीरंगन्जको न्युरो अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : ०९ बजे