साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिआइबी प्रमुख किरण बज्राचार्यलाई कारबाहीको तयारी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। 

थप कारबाही चाहिँ गृह मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजानुपर्ने हुनाले तत्कालका लागि सिआइबी प्रमुखबाट हटाउने तयारी भएको ती अधिकारीले बताए।

सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ। माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो। 

६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : १० बजे