साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुन प्रकरण : अध्यागमन विभागका पूर्वमहानिर्देशक अधिकारीलाई कारबाही सिफारिस

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

स्रोतका अनुसार सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको हाे । 

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरिएको गृह स्रोतले बतायो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी भएको कुरा बाहिरिएको थियो । ६०.७१६ केजी सुन प्रकरणमा मुछिएपछि गृह मन्त्रालयले अधिकारीलाई मन्त्रालय तानेको थियो । सुन प्रकरण बाहिर आएलगत्तै उनले मोबाइल फोन फर्म्याट गरेका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सू’का रुपमा बाहिरिएको १६० केजी सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते बरामद गरेको थियो ।

त्यसलाई गाल्दा सुन ६०.७१६ केजी मात्र भएको थियो । विभाग र सीआईबीले सुन तस्करीमा मुख्य भूमिका खेल्नेदेखि ड्राइभरसम्मलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ०३ बजे