साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुन तस्करी प्रकरणमा महरामाथि मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले महराको संलग्नता रहेको ठहर गर्दै उनीमाथि मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन पेश गरेको स्रोतले बतायो ।

आयोगले महरासँग यसबारे बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

बिहीबार आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

 

आयोग प्रतिवेदनअनुसार सुन तस्करी हुने मुख्य ११ नाका :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं)

रसुवागढी (रसुवा)

तातोपानी (सिन्धुपाल्चोक)

लामाबगर (दोलखा)

काँकडभिट्टा (झापा)

किमाथाङ्का (संखुवासभा)

रानी (मोरङ)

वीरगन्ज/सुक्खा बन्दरगाह (पर्सा)

बेलहिया (रूपन्देही)

कालीदह (रूपन्देही)

जमुनाह/सुक्खा बन्दरगाह (बाँके)

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ३८ बजे