‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउनुभएको छ ।

प्रतिवेदन बुझ्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, दोषीलाई उन्मुक्ति दिन नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडी बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीको निर्देशनपछि लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श सुरु गर्नुभएको छ ।

गत साउनमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे अनुसन्धान  गर्न सरकारले डिल्लीराज आचार्यको अध्यक्षमा आयोग गठन गरेको थियो । आयोगका सदस्यहरूमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी हुनुहुन्थ्यो । असोज १४ मा सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेपछि आयोगको समय दुई पटक थपिएको थियो ।  आयोग गठन भएको साढे ५ महिना पछि  आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाउनुभएको थियो  ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : २७ बजे