‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाजामा सहायताको पर्खाइमा रहेकाहरुमाथि गोलाबारी: २० जनाको मृत्यु, १५५ घाइते

काठमाडौं।गाजामा खाद्यान्न सहायताको पर्खाइमा रहेका बेला भएको गोलाबारीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । हमलामा परी १ सय ५५ जना घाइते भएका छन् ।

इजरायली सेनाले गरेको हमलामा सो हताहती भएको अधिकारीहरुले बताएका छन् । अल शिफा अस्पतालको आकस्मिक इकाईका डाक्टर मोहम्मद घ्राबका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गाजाको कुवेती घुम्तीमा मानवीय सहायताको पर्खाइमा रहेका नागरिकको भेलालाई इजरायली फौजले निशाना बनाएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भौतिक सुरक्षा र त्रस्त मानसिकताका कारण उपचार सेवा पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरुले बताएका छन् । आक्रमण इजरायली सेनाले गरेको गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले आरोप लगाएका छन् ।

यसैबीच, अमेरिकी सिनेटर चक सुमरले इजरायलमा नयाँ निर्वाचनको आह्वान गर्दै अतिवादी सरकार र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई शान्तिको बाधक भएको टिप्पणी गरेका छन् ।

इजरायली धरपकडका कारण रफाहका लाखौं शरणार्थीको जीवन असुरक्षित रहेको भन्दै इजरायली सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने उनको मत रहेको छ ।

इजरायली सेनाको बल मिच्याइँ विरुद्ध विश्वव्यापी विरोध भैरहँदा अमेरिकी अधिकारीहरु पनि सरकारको नेतृत्व नै फेर्नु पर्ने निश्कर्षमा पुग्न थालेका छन् । अक्टोबर ७ यता गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ३१ हजार प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ५७ बजे