‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

‘गौशाला २६’ नाबालिग नै रहेको दाबी गर्दै सरकारी पक्ष पनि उच्च अदालतमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी देखाएको भए पनि सरकारी पक्ष पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पाटन पुगेको छ ।

सन्दीपलाई जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तर नाबालिक भने नरहेको अदालतको ठहर थियो । सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलात्कार मुद्दा लिएर पुनः उच्च अदालत पुगेको छ । सन्दीपविरुद्धको मुद्दा दर्ता भएको छ । उनीहरूले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारवाही माग गर्दै मुद्दा दर्ता गरेका हुन् ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले भने जिल्ला अदालतले सरकारी कागजातहरूकै आधारमा नाबालिका रहेको भनेर दिएको फैसालविरुद्ध उच्च अदालत जानु आफैंमा विरोधाभाष भएको बताएका छन् । उनले भने, ‘सरकारी पक्षले नै सरकारले बनाएको कागजातका आधारमा उनी सावालिक रहेको अदालतले भनिसकेपछि अब त्यही विषयलाई लिएर उच्चमा जानु आफैंले आफैंलाई विश्वास नगरेको र विरोधाभाष हो ।’

उनले सरकारले खासमा सरकारी कागजात कीर्ते गरेकोमा मुद्दा दायर गर्नु पर्नेमा उनीहरू आफ्नै कागजातविरुद्ध अदालत पुग्नु आश्चर्य भएको बताएका छन् । उनले भने, ‘उनीहरूको मागअनुसार जिल्ला अदालते बलत्कारमा दोषी देखाइसकेको छ । अब उच्च अदालतले बलत्कार हो कि होइन भन्ने विषयमा छिनोफानो गर्ने विषय मात्र मुख्य हो ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  २ : २५ बजे