साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले रोल्पाको अध्यक्षमा बुढामगर बिजयी

दाङ। नेकपा एमालेको रोल्पा अध्यक्षमा अमृत बुढामगर बिजयी भएका छन् ।

रोल्पाको सातौं जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन् । रोल्पाको भावी एमाले नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको सो पार्टीले जनाएको छ ।

गत मंगलबार सुरू भएको अधिवेशन पछि भावी नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रकिया सुरू गरिएको थियो, जसअनुसार अध्यक्षमा अमृत बुढामगर र घनश्याम आचार्य प्रतिस्पर्धामा उत्रिएका थिए।

सो प्रतिस्पर्धाको मत परिणाम पछि बुढामगरले १९५ मत ल्याएका थिए भने आचार्य ११२ मतमा सिमित हुन पुगेका थिए । सोही अधिवेसनवाट उपाध्यक्षमा विजयकुमार घर्तीमगर भने सर्वसम्मत हुन सफल भएका छन् ।

उता, सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सिमित हुनु परेको थियो ।

उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी बिजयी भएका छन् । सो अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : ५२ बजे