साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ, सजग रहौं : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन अपील गर्नुभएको छ ।

बिहीबार विश्व मिर्गौला दिवसको अवसरमा उहाँले सामाजिक सञ्जाला लेख्नुहुँदै मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँनुहुँदै यसलाई जोगाउन आग्रह गर्नुभएको हो ।

‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ । किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ । प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं । मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : ४३ बजे