साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तेह्रथुममा त्रिदिवसीय प्रगतिशील साहित्यिक सभा 

​​​​​​​तेह्रथुम । प्रगतिशील लेखक सङ्घ,कोसी प्रदेशले तेह्रथुम जिल्लाको छथर गाउँ पालिकाको सभाकक्ष,शुक्रबारेमा प्रदेश स्तरीय वृहत् काव्य सभा सम्पन्न गरेको छ । प्रदेश समितिको विस्तारित बैठक, कोसीका बाल प्रतिनिधि कथा सङ्ग्रहको विमोचन,तेह्रथुमको साहित्यिक इतिहासको  चर्चा परिचर्चा ,  मदन पुरस्कार प्राप्त फरक क्षमताकी  बहु आयामिक वरिष्ठ स्रष्टा झमक घिमिरेलाई उहाँकै निवासमा सम्मान र अभिनन्दन, वृहत् कवि गोष्ठी, सुमधुर सङ्ंगीतमय गजल साँझसहित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश अध्यक्ष तथा वरिष्ठ स्रष्टा तिला लेकालीको अध्यक्षतामा सम्पन्न गोष्ठी तीन दिनसम्म चलेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि छथर गाउँ पालिकाका लोकप्रिय  अध्यक्ष तथा उपाध्यक्ष क्रमशः सन्तवीर लिम्बू तथा तारा खरेल ढकालका कवितात्मक मन्तव्यबाट सभा उत्साहित भएको  थियो । छथर  पालिकाका अध्यक्ष उपाध्यक्ष तथा धनकुटा नगर पालिका उपाध्यक्ष भीमा खनालले झमक घिमिरेलाई सम्मान पत्र प्रदान गर्नु भइएको थियो ।  कार्यक्रममा सङ्का केन्द्रीय उपाध्यक्ष वरिष्ठ कलाकार नमुना शर्मा, वरिष्ठ समालोचक तथा महासचिव डा. देवी दुलालले  देशभक्त प्रगतिशील लेखनका विविध विषयमा प्रकाश पार्नु भएको थियो ।

प्रलेस केन्द्रीय सल्लाहकार प्रा.डा. बद्रीविशाल पोखरेलले  पालिकाले जस्तै समाजको गुणात्मक रूपान्तरणकारी सिर्जनात्मक काम अरू पालिकामार्फत सम्बद्ध पार्टी नेतृत्व मार्फत गराए आन्दोलन गुणात्मक हुनसक्ने कुरा बताउनु भयो । कार्यक्रममा छथर पालिकाका एमाले अध्यक्ष गजेन्द्र खुलालले गाउँ र नगरको आन्तरिक सौन्दर्य वृद्धिका लागि कला साहित्य र संगीतमय वातावरण अपरिहार्य ठानेको उल्लेख गर्दै जनताको मन जितेर काम गरेकाले दोस्रो कार्यकाल बहुमतका साथ हाम्रो पार्टीले जीत हासिल गर्न सफल भएको  बताउनु भयो ।   

कार्यक्रममा  झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँ  प्रदेश उपाध्यक्षहरू रामप्रसाद खरेल, , बोधकुमार घिमिरे, प्रदेश सल्लाहकार प्रा.डा. हरिहर भण्डारी, वरिष्ठ गजलकार,देवी पन्थी र जीवी गजल, कवि द्वय केसु विरही, हरिप्रसाद बराल, प्रसिद्ध लोक गायक तेजेन्द्र गन्धर्वले मन्तव्यसहित विचार र रचना प्रस्तुत गर्नु भएको थियो  ।  प्रदेश उपाध्यक्ष तथा तेह्रथुमका वरिष्ठ स्रष्टा दिनेश थापाको सक्रिय र पहल प्रयत्नमा सम्पन्न कार्यक्रममा डी.पी शर्मा, दयासागर ढुङ्गेल, नवीन बस्नेत, तारा काफ्ले, सुषमा दाहाल, दाम शान्त लुइँटेल, गौरा परियार, हेमराज खनाल, निरु खनाल, मित्र परियार, जानुका अधिकारी, प्रेम गुरागाईँ ,भागेश्वर लिम्बू, मनोज तुम्बा, रोशन खुलाल, वरिष्ठ गजलकार अनन्त अनुराग, सहित तेह्रथुम लगायतका विभिन्न जिल्लाका ६० जना कविले कविता,गीत र गजल  वाचन गर्नु भएको  थियो । 

 

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : १९ बजे