कैलाली । बैतडीको दोगडाकेदार गाउपालिकामा घनले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् ।
दोगडाकेदार गाउपालिका– ३ सिल्लेगाडामा २१ वर्षीय नारायण भुलले आफ्ना १५ वर्षीय भान्जा महेस भुललाई घनले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
भाञ्जाको हत्यापछि फरार भएका मामालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो ।
हत्याको कारण थाहाभइनसकेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार २ : ५२ बजे
प्रतिक्रिया