सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता हुनेछ ।

संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि) का लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : १९ बजे