‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाढी र पहिरोमा परी पश्चिमी इन्डोनेसियामा १९ जनाको मृत्यु, ७ बेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने अन्य ७ जना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीका वरिष्ठ अधिकारीले शनिबार उल्लेख गर्नु भएको छ   । भारी बर्षाका कारण नदीहरूमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले सो प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले जानकारी दिनु भएको छ  ।

धेरैजसो मृतकहरू पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए। त्यहाँबाट १७  वटा शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेको  इडवानले सिन्ह्वालाई फोनमा बताउनु भएको छ ।  तीव्र जलप्रवाहले १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध  भएको र घरहरू पनि बगेको हुँदा प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको उहाँले बताउनु भएको छ ।
 प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भएपनि हजारौं घर डुबानमा रहेको जानकारी दिनु भएको छ ।

बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा प्रकोप एजेन्सीका कर्मचारीहरू, सैनिकहरू, प्रहरीहरू र स्वयंसेवकहरू संलग्न परिचालित गरिएको  सुकमाले जनाकारी दिनु भएको छ । 

एजेन्सी र अन्य सरकारी संस्थाहरूले आपतकालीन राहत प्रयास जारी राखेको पनि जनाइएको छ ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : १४ बजे