‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुन तस्कर दावालाई नेपाली नागरिकता दिने काभ्रेका तत्कालीन नायब सुब्बा अर्याल पक्राउ

काठमाडौं । सुन तस्कर बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिने काभ्रे जिल्ला प्रशासन कार्यालयका तत्कालीन नायब सुब्बा रामचन्द्र अर्याल पक्राउ पर्नुभएको छ ।

उहाँले हाल थुनामा रहनुभएका सुन तस्कर दावा र चिनियाँ नागरिक दावाजिन वाङलाई नागरिकता दिलाउनुभएको थियो । उहाँ हाल हेटौंडास्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

आज उहाँलाई मकवानपुर प्रहरीले पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको हो । दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नासु अर्याल सहित तत्कालीन अधिकृत झपेन्द्रराज खरेलले वंशजको नागरिकता दिलाउनुभएको थियो ।

झपेन्द्र खरेल भने बिरामी भएकाले उपचारका लागि भन्दै भारत पुग्नुभएको छ । उहाँको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : ०९ बजे