साफ यू–१७ च्याम्पियनसिप आजदेखि

२२ वर्षीया महिला र १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पक्राउ

काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-७ बेलानी बस्ने ३० वर्षीय जीवन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जीवनले झापा मेचिनगर नगरपालिका-८ जोरसिमलस्थित कोठामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ बस्ने २१ वर्षीय बुद्ध बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पाल्पा तानसेन नगरपालिका-९ दमकडा बेलडाँडास्थित एक घरमा विकले ती किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : ५८ बजे