सुनको मूल्यमा नयाँ कीर्तिमान

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री तोकिनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिनुहुँदै सफल कार्यकालका शुभकामना दिनुभएको थियो  ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ०० बजे