‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यू–१६ महिला फुटबल: नेपाल र भारत भिड्दै

काठमाडौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुने छ ।

चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३–० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग २–० ले पराजित भएको थियो । भारत बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ । भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुने छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १० : ३६ बजे