सुनको मूल्यमा नयाँ कीर्तिमान

रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा जाने, बन्ने भए उपप्रधान तथा भौतिकमन्त्री

काठमाडौं । नेकपा (एमाले) सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ ।

महासेठलाई उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाउने तय भएको हो । एमालेबाट सात जना मन्त्री बन्नुहुनेछ । जसअन्तर्गत पदम गिरीले विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।

गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने तय भएको बताइएको छ । अन्य मन्त्रीको नाम आज साँझसम्म टुंग्याइने जानकारी दिइएको छ ।

पार्टीले मन्त्रीको शपथका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएपछि सचिव महासेठ जनकपुरबाट आजै काठमाडौं आइसक्नुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : २८ बजे