सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ । 

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ ।  

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : ४० बजे