सुनको मूल्यमा नयाँ कीर्तिमान

त्रिशुलीमा बस खस्यो : ७ को मृत्यु , ३३ जनाको उद्धार (UPDATE)

काठमाडौं। लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ।

काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनामा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस (आदमघाट) बाट खटिएको टोलीले उद्धार गरेको छ।  

लु २ ख २१२१ नम्बरकाे बस बुधबार बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेकाे हाे। मृतक र घाइतेकाे पहिचान खुलेकाे छैन।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : १९ बजे