‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सशस्त्रका डीएसपीको ‘सुसाइड नोट’ : मेरो गुल्मका केटाहरु सोझा छन्, अनुसन्धानका नाममा दु:ख नदिनू

काठमाडौं । मोरङमा सोमबार झुण्डिएको अवस्थामा मृत भेटिएका सशस्त्र प्रहरी बलका नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्यालको ‘सुसाइड नोट’ फेला परेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा सुसाइड नोट फेला पारेको हो । ‘सुसाइड नोट’ मा उनले आफ्नै कारण आत्महत्या गरेको र कसैलाई दुःख नदिन आग्रह गरेका छन् । ‘मैले आफ्नै कारण यो निर्णय गरेको हुँ । मेरो गुल्मका केटाहरु सोझा छन् । अनुसन्धानका नाममा दुःख नदिनू’, सुसाइड नोटमा उनले लेखेका छन्, ‘जीन्दगीमा सोचे जस्तो केही गर्न सकिएन । विभागका लागि पनि खास केही गर्न सकिएन । मेरो कमाण्डमा त्यस्तो उल्लेख्य काम गर्न सकिँन । सबै राम्रोसँग बस्नू, सरी ।’

बस्याल धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी बलको गुल्मपति थिए । यस्तै उनको परिवारसँग पनि सम्बन्ध राम्रै रहेको बुझिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । बस्यालको शव पोष्टमार्टमका लागि कोसी अस्पताल लगिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ४९ बजे