साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘होस्टल’ मा मृत्यु भएकी शालिनको १० दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । चितवनको छात्रावास (होस्टल) मा मृत फेला पर्नुभएकी  शालिन पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको थिइन्  ।

शालिनको पार्थिव शरीरमा बुबाले दागबत्ती दिनुभएको छ । शालिनले आत्महत्या गरेको नभई बलात्कारपछि हत्या भएको परिवारको दावी छ । तर, पोष्टमार्टम रिपोर्टले भने शालिनले झुण्डिएर आत्महत्या भएको देखाएको छ ।

आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछिप्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शालिनको सुसाइड नोट पनि फेला पारेको छ । प्रहरीले सुसाइड नोटको पनि परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ३६ बजे