सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले संखुवासभा जिल्ला अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले संखुवासभाको जिल्ला अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत चयन हुनुभएको छ।

सोमबारदेखि जारी नवाैँ जिल्ला अधिवेशनको बन्दसत्रले मंगलबार राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अध्यक्षमा चैनपुर नगरपालिका पूर्व मेयर तथा नेता भरत खत्रीले उम्मेदवारी फिर्ता लिएसँगै राई सर्वसम्मत भएका हुन्।

जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि सर्वसम्मत प्रयास भइरहेको छ। बन्दसत्रबाट नेतृत्वको औपचारिक घोषणा गरिएको छैन।

जिल्ला अधिवेशन नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले उद्घाटन गर्नुभएको थियो। सहमतिका लागि सोमबार र मंगलबार बिहानसम्म  प्रयास भएको थियो।

नवनिर्वाचित पदाधिकारीहरूलाई मंगलबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइने निर्वाचन समितिका एक सदस्यले बताउनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ३१ बजे