‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई दोस्रो झड्का, कप्तान पौडेल २५ रनमा आउट

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरीजको फाइनलमा नेपाललाई दोस्रो झड्का लागेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाललाई दोस्रो झड्का लागेको हो । नेपालका कप्तान रोहितकुमार पौडेल २५ रन बनाएर पभिलियन फर्किएका हुन् । पौडेल ९.२ ओभरमा नेदरल्यान्ड्सका बलर लेभिटको बलमा क्याचआउट भएका हुन् । 

यसअघि नेपालले ३.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा आउट भएका थिए । कुशलले १० बलमा २० रन बनाए । कुशल भान डेर गुग्टेनको बलमा पभिलियन फर्किएका थिए । नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ रोजेपछि नेदरल्यान्ड्सले फिल्डिङ गरिरहेको छ ।

यसअघि लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो । नेपाल घरेलु मैदानमा त्रिकोणात्मक टी-२० सिरीजको उपाधि जित्न चाहन्छ ।  

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : १८ बजे