‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेल टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै नेपाल फाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल र नेदरल्यान्ड्सले एक अर्कासँग १-१ खेल जितेका थिए ।

नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो ५ मध्य ३ खेलमा नेपालले जित हासिल गरेको छ । प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल त्यसपछि लगातार दुई जितका साथ फाइनल पुगेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : २८ बजे