सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रचण्डले मागे नयाँ मन्त्रीका निम्ति नाम, नयाँ समिकरणको बैठक दिउँसो फेरि बस्ने

काठमाडौं । नयाँ गठबन्धनको बैठक सोमबारै फेरि बस्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताउनुभयो । उहाँले मन्त्री बनाउने एकएकजनाको नाम दिन नेताहरूलाई भन्नुभएकाे छ  ।

“प्रधानमन्त्रीले मन्त्रीहरूको एक/एकजनाको नाम दिन दलहरूलाई भन्नुभएको छ । आज दिउँसो साढे २ बजे दलहरूले आफ्नो पार्टीको तर्फबाट मन्त्रीको नाम दिने र त्यसअघि आन्तरिक छलफल गर्ने सहमति भएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भन्नुभयाे।

उहाँका अनुसार, अहिले प्रधानमन्त्री प्रचण्ड नयाँ मन्त्रीको शपथको समय लिन राष्ट्रपतिको कार्यालय शीतलनिवास पुग्नुभएकाे छ । वर्तमान सरकारका मन्त्रीलाई हटाइएको जानकारी प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराउने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ०० बजे