सुनको मूल्यमा नयाँ कीर्तिमान

पूर्व रास्ट्रपति भण्डारीद्वारा महिला तथा बालबालिका अस्पताल उद्घाटन

​​​​​​​​​​​​​​वीरेन्द्रनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले   वीरेन्द्रनगरमा बनेको नगर अस्पतालको भवन उद्घाटन गर्नुभएको छ ।अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाइफको आर्थिक सहयोगमा वीरेन्द्रनगर स्थित साबिकको कटकुवा स्वास्थ्यचौकी रहेको स्थानमा सञ्चालित नगर अस्पताल परिसरमा महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा सम्पन्न अस्पताल भवन निर्माण भई आवश्यक सामग्री तथा उपकरण जडान गरिएको अस्पताल आज एक कार्यक्रमका बीच  पूर्व राष्ट्रपति भण्डारीले  उद्घाटन गर्नुभएको हो । ​​​​​​​

ब्याक टु लाइफको ५ करोड ७० लाख रुपैयाँ बराबरको सहयोगमा ५ शैयाको भवन निर्माणसहित मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरणहरू र नवजात शिशुको सघन कक्ष सञ्चालन गर्न आवश्यक सम्पूर्ण सामग्री  जडान गरिएको  हो । सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ। हाल कर्णाली प्रदेश र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लामा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ। सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य सङ्कटको बेलामा संस्थाले कार्यक्रम र सहयोग गरिरहेको छ।

कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले ब्याक टु लाइफको आर्थिक सहयोगबाट निर्माण भएको अस्पताल भवन र प्राप्त उपकरणहरूले वीरेन्द्रनगर र कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।​​​​​​​​​​​​​​

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : ५६ बजे