सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेले भन्यो– प्रधानमन्त्रीले गठबन्धन टुटाउनुपर्‍यो, हामी छलफल गर्न तयार छौँ

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाए आफूहरू नयाँ तरिकाले छलफल गर्न तयार रहेको बताएको छ ।

आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीले अहिलेको गठबन्धन टुटाए आफूहरू नयाँ तरिकाबाट छलफल गर्न तयार रहेको निष्कर्ष निकालेको हो । 

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्‍यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौँ ।’

यस्तै उहाँले सत्ता गठबन्धनमा संकट बढेको भन्दै केही नयाँ घटना विकास हुने देखिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । उहाँमाथि भर पर्छ । उहाँले हिजोको छलफलमा कांग्रेससँगको सहकार्य निकै कठिन हुँदै गएको बताउनुभएको थियो । विवादित मन्त्रीलाई हटाउन खोज्दा कांग्रेसले दिएन भन्नुभयो । अर्थमन्त्रीले लिएको नीतिले मुलुकलाई झन् अप्ठेरोमा पारेको र नयाँ ढंगले अघि बढ्न खोजेको संकेत गर्नुभएको थियो । उहाँको संकेत के हो आज दिनभरिमा प्रष्ट होला ।”

उपमहासचिव ज्ञवालीका अनुसार आज राजनीतिले नयाँ मोड लिनेछ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ३२ बजे