‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कलंकी नापीका सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । नापी कार्यालय कलंकीमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएकाले सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध  सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अख्तियारको टोलीले  सर्भेक्षक चौलागाई र लेखापढी पोखरेललाई १  लाख घुसहित नियन्त्रणमा लिएको थियो।

दुवैजनाको मिलेमतोमा जग्गाधनी पूर्जा उपलब्ध गराउनका लागि सेवाग्राहीसँग १ लाख रकम लिएको र उक्त रकममध्ये ५० हजार रुपैयाँ सर्भेक्षक चौलागाईंले लिएको पुष्टि हुन आएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनीमाथि ५० हजार बिगो जरिवाना र सजाय माग गरिएको आरोप-पत्रमा उल्लेख छ।

यसैगरी लेखापढी पोखरेले जग्गाधनी पूर्जा उपलब्ध गराउनका लागि भनी १ लाख रुपैयाँ घुस लिएको देखिएकाले उनीविरुद्ध सोही रकम बराबरको बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ५ : ३४ बजे