‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाकिस्तानको २४ औं प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

इस्लामबाद । पाकिस्तानमा शहबाज शरिफ देशको २४ औं प्रधानमन्त्री बन्नुभएको छ ।

शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । पीएमएल–एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गर्नुभयो ।

आफ्नो जितको घोषणापछि शहबाजले जेठा भाइ नवाजलाई अँगालो हालेको पाकिस्तान समाचार संस्था ‘डान’ ले जनाएको छ ।
प्रधानमन्त्री निर्वाचित भएपछि शहबाज सरिफले नवाज र उहाँका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिनुभएको छ । शाहबाजले भने– ‘गाजामा प्यालेस्टाइन र भारतमा कश्मीरी माथि दमन भइरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ।’

यस अघि शहबाजले भन्नुभएको थियो, ‘मेरो भाइ तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो । नवाज शरीफले पाकिस्तानलाई खडा गरेका हुन् भन्नु गलत होइन । अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन।’

शाहबाज शरीफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गर्नुभएको छ । उहाँले भन्नुभयो, पीएमएल एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन्। यस संसदमा पाकिस्तानको डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन्। यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पर्छन्।’

शाहबाजले अगाडी भन्नुभयो, ‘मेरो जेठो भाइ नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन्। पुरानो शासन ९इमरान खानको शासन० लाई उद्धृत गर्दै उनले भने, उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन्।’

प्रधानमन्त्री शरीफले थप भन्नुभयो– ‘यो नेतृत्व र त्यो नेतृत्वमा फरक छ । हामीले कहिल्यै बदलाको राजनीतिको बारेमा सोचेका छैनौं भन्ने कुराको सम्पूर्ण भेला साक्षी हो । हाम्रो शासनकालमा कुनै पनि भवन भत्किएको छैन । तर, वैशाख ९ गते सेनाको मुख्यालय र सरकारी भवनमा आक्रमण भएको दिन देशले देख्नु लज्जास्पद छ ।’

सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ५ : २७ बजे