‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिकोणात्मक टि-२० सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स प्रतिष्पर्धा गर्ने भएको छ ।

नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेदरल्यान्ड्सले फाईनल खेल्ने पक्का भएको हो ।

वर्षाका कारण खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । जसअनुसार नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्यो ।

शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपालले फाइनल पक्का गरेको थियो ।

नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ५१ बजे