सुनको मूल्यमा नयाँ कीर्तिमान

शालिन मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, झुण्डिएर मृत्यु भएको पुष्टि

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताए ।

गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा १४ वर्षीया शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोमा परिवारले अस्पतालको विश्वास नभएको भन्दै प्रहरीको रोहबरमा काठमाडौं शिक्षण अस्पताल ल्याईएको थियो ।

त्रिवि अस्पतालले आज प्रहरीलाई पठाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भएको भनिएको छ । साथै उनको शरीरमा ठुलो चोटपटक देखिएको छैन । रिपोर्टका अनुसार उनको कन्याजाली पनि च्यातिएको छैन । 

घटना बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : २८ बजे