‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वर्षाका कारण रोकियो नेदरल्यान्ड्स र नामिबियाबीचको खेल

काठमाडौँ । त्रिवि मैदानमा जारी त्रिकोणीय टी– २० आई सिरिजको आइतबारको खेल वर्षाले बिथोलेको छ ।

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलमा टस हारेको नामिबियाले पहिला ब्याटिङ गरिरहेको थियो । १५ ओभरको खेल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो । खेल रोकिँदासम्म नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको छ । 

यो खेलपछि फाइनल पुग्ने दुई टिमको औपचारिक टुंगो लाग्नेछ । खेल हुन नसके नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । फाइनल खेल मंगलबार हुनेछ । यसअघि नेपालले शुक्रबार र शनिबार लगातार दुई खेल जितेर फाइनल यात्रा पक्का गरेको थियो । नेपाल सुरुवाती दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने पछिल्ला दुई खेलमा नामिबिया र नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । 

नेदरल्यान्ड्स सुरुवाती दुई खेलमा विजयी हुँदा पछिल्लो खेलमा नेपालसँग पराजित भएको थियो । नामिबियाले भने एक खेल नेपालसँग मात्र जितेको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १ : २३ बजे