सुनको मूल्यमा नयाँ कीर्तिमान

रोटी पकाउन क्रममा जलेर एक बृद्धाको मृत्यु 

 चितवन । खैरहनी नगरपालिका वडा नं–९, करैयामा घरमा रोटी पकाउने क्रममा गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

खैरहनी–९ का ७० वर्षीया मंगरी महत्तो आफ्नो घरमा रोटी पकाउने क्रममा लगाएको कपडा आगो सल्किन गई मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बृद्धाको आगोले शरीरको विभिन्न भागमा पोलेर गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचारमा भइरहकोमा शुक्रबार बेलुका ६ः५५ बजे थप उपचारको लागि काठमाडौँस्थित बर्न अस्पताल कीर्तिपुर पठाइएकोमा बाटोमै १०ः५० बजे मृत्यु भएको हो ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : ५३ बजे