साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माया र करुणाको नाटक गर्ने पनि बलात्कारी छन्, फाँसी दिनुपर्छ : समीक्षा अधिकारी

​​​​​​​काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको  भन्दै बलत्कारीलाई फाँसी दिनुपर्ने बताएकी छिन् । 

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले दुई प्रकारका बलात्कारीको टिप्पणी गरेकी छन्।

‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् , २. जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ’गायिका अधिकारी भन्छिन्, ‘यी दुवै फाँसीका लायक छन्।’

उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न पनि सरकारसँग माग गरेकी छन् ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ३६ बजे