‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकालेको छ ।

नेदरल्यान्डले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित निकालेको हो । योसँगैलगातार दुई खेल जित्दै नेपाल ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुगेको छ । 

कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले शनिबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलको बाटो तय गरेको हो । 

शनिबार टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । घरेलु टोलीले १५.२ ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पूरा गर्‍यो । नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरेको भए नेपालको रनरेट नेदरल्यान्ड्सभन्दा अघि हुने समीकरण थियो । तर यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । नेदरल्यान्ड्स ३ खेल खेलेर २ मा जित र १ मा हार ब्यहोर्दै ४ अंकका साथ पहिलो स्थानमा छ । उसको नेट रन रेट ०.३१० छ ।

यस्तै नेपालले ४ खेल खेलेर २ मा जित र २ मा हार ब्यहोर्दै ४ अंक बटुलेको छ । उसको नेट रन रेट ०.२९३ रहेको छ भने नामिबिया ३ खेलमा १ जित निकालेर २ मा हार ब्यहोर्दै २ अंकको साथ तालिकाको अन्तिममा छ । उसको नेट रन रेट -०.७०० छ । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान छ ।

अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ०९ बजे