सुनको मूल्यमा नयाँ कीर्तिमान

उदयपुरमा जीप दुर्घटना, दुईजनाको मृत्यु, १३ घाइते

काठमाडौं ​​​​​​​। उदयपुरको कटारीमा जीप (बोलेरो) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन् । 

७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब प्रहरी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी-७ मजेतपुरमा दुर्घटनामा परेको हो। ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

चौधरीका अनुसारविराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा घाइतेको उपचार भइरहेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : १५ बजे